ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन

२०७८ मंसिर, १०  
समाचार
NA

काठमाडौं । सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले उक्त प्रस्तावलाई अनुमोदनका लागि महासभामा पेश गरेको थियो । संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईका अनुसार नेपालको स्तरोन्नतिको प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्र संघले बुधवार अनुमोदन गरेको हो ।

उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए । राईले अगाडि भने, ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तरराष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’ नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो, तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्रसंघले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । ५० वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर भएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्