ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई वाणिज्य बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार दुई ओटा वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डूसँगै प्राइम लाईफ इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४८६ दशमलव ४५ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५३५ दशमलव १० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यसवर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नै प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

त्यस्तै, नेप्सेले बैंक अफ काठमाण्डूलेको १० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ३१० दशमलव तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ३४१ मा अन्तिम कारोबार भएको थियो ।

बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

त्यसैगरी, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७५६ दशमलव ५२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८७० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्