ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १५ हजार ६७३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी प्रेमकुमारी थापाको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २०५ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्