ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जाजरकोटमा मह उत्पादन घट्यो

२०७८ मंसिर, १०  
कर्णाली प्रदेश
NA

जाजरकोट । नलगाड नगरपालिका–१ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह विक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश भएका छन् । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन ।

व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन् । बुढा र पुन प्रतिनिधि पात्र हुन् । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउँछन् । गत असोज कात्तिक महीनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउँदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्