ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जनउत्थान लघुवित्तले बाँड्यो राहत

२०७८ मंसिर, १०  
बजार
Image Not Found

काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण क्षति बेहोरेका समूह सदस्यलाई राहत वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १२४८ जना समूह सदस्यलाई करिब २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुन वितरण गरेको हो ।

संस्थाले कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आबद्ध करिब ७०० जना, कञ्चनपुरको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आबद्ध करिब ५०० जना र बर्दियाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आबद्ध ४८ जनालाई मंसिर ५, ६ र ७ गते राहत वितरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्