ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

चितवनमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

२०७८ मंसिर, १०  
बजार
Image Not Found

काठमाडौं (अस) । महिन्द्रा समूहको महिन्द्रा  इलेक्ट्रिक मोबिलिटीले चितवनको नारायणगढमा ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) को आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९ हाकिमचोकमा पनि ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । महिन्द्रा  ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ सोरुमको मूल्यमा ग्राहकले खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

महिन्द्रा  ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्रा को भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ ।

महिन्द्रा को अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा  ट्रियोसँग ग्राहकले वार्षिक २ लाख  (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्नेछन् । अग्नि इनर्जीको चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा  ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।

सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले विद्युतीय सवारीलाई प्रोत्साहन दिँदै आएको कम्पनीले बताएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था, गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाको विस्तृत जानकारी दिने सुविधा यसमा रहेको छ ।

यो गाडी पेट्रोल थ्री ह्वीलरको तुलनामा बढी बचत गर्ने, पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमि ०.८ भन्दा कमको सञ्चालन लागत, दैनिक इन्धन मा खर्च हुने रकम १०० भन्दा कम, फूल चार्ज ८ युनिट, १२० किमिसम्म गुड्न सक्छ । ट्रियो अटो घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ । यो गाडी नीलो र सेतो रंगमा उपलब्ध गराइएको छ । टियो इलेक्ट्रिकमा तीन वर्ष वा ८०,००० किमि वारेन्टी रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्