ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बैंकको ६२औं साधारण सभा पुस २ गते, १७% लाभांशको प्रस्ताव

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं साधारण सभा बोलाएको छ । बैंकले आफ्नै प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्मका कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्