ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु       

२०७८ मंसिर, १०  
समाचार
Image Not Found

मंसिर १०, चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन शुक्रवार मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।     
     
उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले) ले बताएको छ । महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् ।     
     
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।     
     
‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्