ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शिवम् सिमेन्ट्सद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ । 

कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश (करसहित ) पठाउनका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न भनेको हो ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा कात्तिक २३ गतेदेखिनै लाभांश पठाएको भन्दै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनी र हालसम्म पनि आफ्नो शयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन भनेको हो । 

शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्