ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ मंसिर, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । गत मंगलवारदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको मूल्य शुक्रवार भने बढेको बढेको छ । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीवारको तुलनामा रू. २०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले घटेर रू. १ हजार २२५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्