ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को सूचीकृत शेयरमा लगानी बढ्यो

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ ले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी असोज महीनाको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ । असोज महीनामा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ३८ करोड ९० लाख लगानी रहेकोमा कात्तिक मसान्त सम्ममा बढेर रू. १ अर्ब ४६ करोड ६५ लाख ९५ हजार पुगेको हो ।

यस फण्डले कात्तिक महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी पनि वृद्धि भएको छ । फण्डको एनएभी असोज मसान्तसम्ममा रू. १४ दशमलव २८ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १४ दशमलव ५१ पुगेको हो ।

त्यसैगरी, फण्डले कात्तिक मसान्तसम्ममा रू. ६ करोड ८१ लाख २२ हजार नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको हो । फण्डले असोज मसान्तसम्ममा रू. ४ करोड ४ लाख १ हजार नाफा कमाएको थियो ।

कात्तिक मसान्तसम्ममा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । असोज मसान्तसम्ममा फण्डले रू. ४ करोड ९७ लाख ५१ हजार आम्दानी गरेकोमा कात्तिक मसान्तसम्ममा बढेर रू. ८ करोड ४२ लाख पुगेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्