ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (मंसिर १२ गते) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएसँगै मंसिर १२ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्