ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा एकै दिनमा थपिए १० हजार ५७९ जना कोरोना संक्रमित       

२०७८ मंसिर, १०  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १०, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १३३ रहेको छ । यो संख्या कुल संक्रमित भएकामध्येको शून्य दशमलव ३२ प्रतिशत मात्रै हो । सक्रिय संक्रमितको संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले बताएका छन् ।     
     
पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको सङ्ख्या ३ करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले बताएको छ । यो संख्या कुल संक्रमितमध्येको ९८ दशमलव ३३ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।     
     
 हिजो बिहीबार मात्र कोरोना सङ्क्रमणको कारण ४८८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । यहाँ हालसम्म ६३ करोड ७१ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको बताइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब २० करोड २७ लाखभन्दा बढी डोज खोप लगाइएको छ । रासस/  एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्