ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सिद्धार्थ व्यवस्थित लगानी योजनाले कमायो १० लाख ४५ हजार  नाफा

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण शुक्रवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तसम्ममा रू. १० लाख ४५ हजार नाफा कमाएको छ । फण्ड गत असोज मसान्तसम्ममा रू. २१ लाख १९ हजार नोक्सानीमा रहेको थियो । 

कात्तिक मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।असोज मसान्तसम्ममा रू. ४ लाख ७३ हजार ९४ हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी कात्तिक मसान्तमा वृद्धि भएर रू. ३९ लाख ६० हजार पुगेको हो ।

त्यसैगरी फण्डको एनएभी पनि वृद्धि भएको छ । असोज मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ८९ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १० दशमलव शून्य ५ पुगेको हो । 

त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी पनि वृद्धि भएको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू.२ करोड ४१ लाख ६८ हजार लगानी रहेकोमा कात्तिक मसान्तसम्ममा वृद्धि भएर रू.८ करोड ३६ लाख १३ हजार पुगेको हो ।

कात्तिक महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । उक्त योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement