ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सुपर मादी हाइड्रोपावरले इक्रा नेपालबाट पायो इक्राएनपी आईआर बीबी रेटिङ 

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी रेटिङ प्रदान गरेको  हो ।गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

उक्त रेटिङ निष्कासनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको पनि इक्रा नेपालले बताएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको उसले बताएको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले साढे ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले  आईपीओ प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र त्यसपछि सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement