ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अहिलेको समय विकासको लागि लगानी गर्न अनुकुल वातावरण : अध्यक्ष ओली

२०७८ मंसिर, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय विकासको लागि लगानी गर्न अनुकुल वातावरण रहेको बताएका छन् ।

नेकपा(एमाले) को १० औं महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले मुलुक शान्तिपूर्ण बाटोमा रहेकाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई अनुकुल वातावरण रहेको बताए । उनले अव विकासको बाटोमा लम्किनु बाहेक अन्य विकल्प नरहेको बताए ।

उनले शान्तिपूर्ण एकतालाई कायम राख्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सवै लाग्न आवश्यक रहेको पनि बताएका छन् । उनले विश्वसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए ।उनले भने, ‘समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो। भू–उपग्रह अन्तरिक्षमा पठाएका छौं। जमीनमुनि तार बिछ्याउने काम गरेका छौं।’

उनले नेकपा(एमाले) नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।’

उनले लोकतान्त्रिक अभ्यासका साथ चितवनमा आयोजित अधिवेशन सम्पन्न हुने पनि बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement