ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनआईसी एशिया बैंकले पायो आईएसओ २७००१ : २०१३ प्रमाणपत्र

२०७८ मंसिर, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । एनआईसी एशिया बैंकले अन्तरराष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डडाइजेशन (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ : २०१३ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेण्ट सिष्टम) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । 

आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकरुको व्यक्तिगत विवरण एवम् अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवम् त्यस्ता विवरणहरुको सुरक्षाको सुनिश्चितता देखाए बापत बैंकलाई क्वालिटी अष्ट्रियासँग आबद्ध सर्टीफिकेशन एण्ड इन्फरमेशन सेक्यूूरिटी सर्भिसेस् जीएमबीएचले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । 

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकको वित्तीय एवम् व्यक्तिगत जानकारी भण्डारण एवम् प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जानकारी दिएको छ । 

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ ओटा विस्तारित काउन्टर एवम् ८१ ओटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement