ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थप २७० जनामा कोरोना संक्रमण, ३०२ जना संक्रमणमुक्त

२०७८ मंसिर, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार ८२९ ओटा पीसीआर परीक्षणमा २४२ जना र २ हजार ६१७ ओटा एन्टिजेन परीक्षणमा २८ जना गरी कुल २७० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ पुगेको छ । यसैगरी, शुक्रवार ३०२ जना निको भएसँगै हालसम्म ८ लाख १ हजार ७२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement