ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ५.७९% लाभांश पारित

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो । 

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले बोनस शेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवम् स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement