ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

फलामको व्यावसायिक उत्खनन तयारी

२०७८ मंसिर, १२  
१० वर्ष अघि
NA

रामेछापको ठोसेस्थित खानीमा रहेको फलामको धाउ उत्खनन प्रक्रिया सुरु भएको छ । नेपाल एन्ड चाइना मिनरल्स प्रालिले प्रक्रिया अघि बढाएको हो । उत्खनन सफल भए यो नेपालको पहिलो व्यावसायिक फलाम खानी हुनेछ । ‘खानीको विस्तृत अध्ययन अन्तिम चरणमा छ,’ कम्पनीका प्रवद्र्धक वाङ्चु शेर्पाले भने, ‘सबै काम नियमित भए डेढवर्षभित्र उत्पादन सुरु हुन्छ ।’

कम्पनीले तीन वर्षअघि खानी तथा भूगर्भ विभागबाट अन्वेषणको अनुमति लिएको थियो । चिनियाँ कम्पनी कुङसाङ वाङ सेल समेतको संयुक्त लगानीमा नेपाल एन्ड चाइना मिनरल्स स्थापना भएको हो । कम्पनीले फलामको धाउको प्रयोगशाला परीक्षणका लागि चीन र भारतमा नमुना पठाएको छ । ‘नमुनाको प्रतिवेदनअनुसार काम सुरु गर्छौं,’ शेर्पाले भने । आगामी असोजभित्र विभागबाट उत्खननको अनुमतिपत्र पाइसक्ने कम्पनीले बताएको छ ।

कम्पनीले खानीको सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेको छ । कुङसाङ वाङ सेल समेतको अध्ययन अनुसार खानीमा दुई करोड टन फलामको धाउ छ । यसअघि खानी तथा भूगर्भ विभागले गरेको प्रारम्भिक अध्ययन गरे अनुसार खानीमा एक करोड पाँच लाख टन फलामको धाउ रहेको अनुमान गरेको थियो ।

फलामको धाउ उत्खनन गरेर स्पोन्ज आइरन तयार गर्न दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘स्पोन्ज आइरनलाई प्रशोधन गरेपछि सामान्य गुणस्तरको फलाम तयार हुन्छ । खानी उद्योग स्थापना गर्न लाग्ने ७० प्रतिशत खर्च चिनियाँ कम्पनी कुङसाङ वाङ सेलले गर्ने सम्झौता भएको छ ।

वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्