ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गुराँस लाइफको साधारणसभा सम्पन्न

२०७८ मंसिर, १२  
बजार
NA

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेस्थित राजभवनमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव ०७५/०७६ को मुनाफाबाट ५.५००४१७४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ०.२८९४९५६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस शेयर जारीपछि वृद्धि हुने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरूप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकीकम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement