ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

स्याङ्जा र बागलुङमा महिन्द्राको सब–डिलर

२०७८ मंसिर, १२  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा फोरह्वीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले स्याङ्जा र बागलुङमा महिन्द्रा कम्पनीको सब–डिलर तथा बतास ब्रदर्श प्रालिका डिलर सञ्चालनमा ल्याएको छ । कम्पनीले ऊँ नमशिवाय सर्भिसिङ सेन्टर, पुतलीबजार नगरपालिका– १ घुम्ती, स्याङ्जा र श्रेष्ठ मोटो पार्टस् गलकोट, बागलुङमा उद्घाटन गरेको हो ।

ऊँ नमशिवाय सर्भिसिङ सेन्टरको उद्घाटन उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौंका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिंहलगायतले गरेका थिए ।

यस सब–डिलरबाट स्याङ्जा तथा आसपास जिल्लाका ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । त्यस्तै, श्रेष्ठ मोटो पार्टस् उद्घाटन गलकोट, बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, विभिन्न पार्टीका स्थानीय प्रतिनिधि, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सामूहिक रूपमा गरे । नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीमा उत्कृष्ट र सहज सेवाको पहुँच बढाउन सब–डिलर सञ्चालनले थप टेवा पु¥याउने विश्वास बालाजु अटो वक्र्स प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement