ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वाईवाई डायनामाइट ब्रेक बार्समा दीमृति बनिन् विजेता

२०७८ मंसिर, १२  
बजार
NA

काठमाडौं (अस) । यो वर्षको वाईवाई डायनामाइट ब्रेक बार्स सम्पन्न भएको छ । कार्यक्रमको फाइनल २५ नोभेम्बर २०२१ मा क्लब फरेनहाइटमा भएको थियो भने वाईवाईको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो । क्लबमा लगभग ८०० जना उपस्थित थिए भने लाइभमा लगभग ३६,०४८ व्यक्ति सहभागी भएको कम्पनीले बताएको छ । कार्यक्रममा भिटेन र सुशान्त खत्रीजस्ता सेलिब्रेटीले उपस्थिति जनाएका थिए । कार्यक्रममा अन्य तीन नियमित निर्णायकसँगै युनिक पोयट र केटीएम सौल्झा अतिथि निर्णायक थिए । दीमृतिले स्वप्निललाई हराएर सोको अन्तिम विजेता बनिन् । त्यसैगरी बाबुले हरिपलाई पराजित गर्दै वाइल्ड कार्ड जिते । वाईवाई डायनामाइट ब्रेक बार्स  र्‍याप रियालिटी सो हो । यसले नेपालभरका शीर्ष १६ र्‍यापरसँग आफ्नो यात्रा सुरु गरेको थियो ।

इजी टूब्लेभ, इज इज इजी र डिजे वितालका  निर्णायक मण्डलीमा  पहिलो पटक २१ सेप्टेम्बर २०२१ मा प्रिमियर सो भएको थियो । कार्यक्रम ब्रेक स्टेसन र वाईवाईको युट्युब च्यानलमार्फत एकैसाथ प्रसारण हुन्छ । पहिलो राउन्डका आठै जना विजेतालाई  नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । क्वार्टरफाइनलका चारै विजेताले २२ हजार नगद र सेमिफाइनल विजेताले ३३,००० रुपैयाँ पुरस्कार पाएको कम्पनीले जनाएको छ । फाइनलमा उपविजेता स्वप्निल र विजेता दीमृतिले नगद  ४४००० र १,००,००० क्रमशः पुरस्कार पाए । नेपालभरबाट सामाजिक सञ्जालमार्फत गरिएको अडिसनबाट छनोट भएका दुई वाइल्ड कार्ड एन्ट्रीले फाइनलमा आफू र बाबुबीच भिड्ने अवसर पाएका थिए । उक्त राउन्डका विजेतालाई २०,००० रुपैयाँ नगद  प्रदान गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजन वाईवाईले गरेको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement