ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

साताको पहिलो कारोबार दिन : प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ मंसिर, १२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य भने घटेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २२५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार २१० मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement