ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा एकै दिन थपिए ८ हजार ७७४ नयाँ कोरोना संक्रमित      

२०७८ मंसिर, १२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १२, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ८ हजार ७७४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसै अवधीमा कोरोना संक्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बताएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट ४ लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ ।     
     
भारतमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय संक्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले बताएका छन् ।     
     
पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमण मुक्ति भएकाको संख्या ३ करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले बताएको छ । शनिवार ९ हजार ४८१ जना व्यक्ति कोरोनाबाट मुक्त भएका छन् ।

भारतमा कोरोना मुक्ति दर कुल संक्रमितको ९८ दशमलव ३३ प्रतिशत पुगेको छ । कोरोना संक्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म ३ करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस संक्रमणबाट निको भएको बताइएको छ ।     
     
यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको बताइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।  रासस/  एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement