ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा 

२०७८ मंसिर, १२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।  

नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो । 

सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्