ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सवारी डेलिभरीको लागत कम गर्न कर्मचारीलाई मस्कको अनुरोध

२०७८ मंसिर, १२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कर्मचारीहरुललाई सवारी साधनको डेलिभरी शुल्क घटाउने तरिका खोज्न अनुरोध गरेका छन् ।

आफूले पाएको इ–मेलमा यस्तो बताइएको भन्दै सीएनबीसीले एक समाचार छापेको हो । इमेलमा कर्मचारीहरुलाई त्रैमासको अन्त्यमा विक्री लक्ष्य हासिल गर्न हतारमा अर्डर पूरा गर्न भन्दा पनि डेलिभरीको लागत कम गर्न भनिएको छ ।

यस वर्ष कम्पनीलाई अमेरिकामा उपभोक्ताहरुलाई वाचा गरेको मितिमा नयाँ कार डेलिभरी गर्नमा समस्या भइरहेको छ । केही उपभोक्ताहरुले महिनौं ढिला डेलिभरी पाएका खबरहरु पनि छापिएका थिए । सन् २०२० मा टेस्लाले ५ लाख थान सवारी साधन डेलिभरी दिएको थियो ।

यस वर्षको पहिलो तीन त्रैमासमा कमपनीले ६ लाख २७ हजार ३५० थान सवारी डेलिभरी दिइसकेको छ । यस वर्षको शुरु भएयता कम्पनीले डेलिभरीको स्पष्ट लक्ष्य दिएको छैन । तर कमपनीले सवारी साधनको डेलिभरीमा वार्षिक ५५० प्रतिशतको वृद्धिलाई पुनः दोहो¥याएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement