ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लैंगिक हिंसाविरुद्धको अभियानलाई जोन्टा क्लबको साथ

२०७८ मंसिर, १३  
बजार
NA

काठमाडौं (अस) । जोन्टा क्लब अफ काठमाडौंले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिँदै मंसिर ९ गतेबाट लैंगिक हिंसाविरुद्धको अभियान सुरु गरेको छ । यो कार्यक्रम संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको हिस्सा हो ।

अभियानअन्तर्गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने कार्यक्रममा महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न चेतनामूलक गोष्ठी, छलफल चलाइने गरेको छ । जोन्टा क्लबले ‘कहिलेकाहीँ होइन, कहिले पनि हुँदैन’ सन्देश दिने गरी ४ वटा सर्ट फिल्म बनाएको छ । यी सर्ट फिल्मले हिंसा, उत्पीडन र बाल–विवाहविरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको क्लबकी अध्यक्ष सीमा गोल्छाले बताइन् ।

अभियानको हिस्साको रूपमा जोन्टाले काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दै छ । सामाजिक सन्देश प्रवाह गर्न सडक नाटक प्रभावकारी हुने भएकाले ‘लैंगिक हिंसा र बाल–विवाहविरुद्ध आवाज उठाऔं’ सन्देशसहितका नाटक प्रदर्शनी गरिने क्लबकी सदस्य अधिवक्ता रत्न कार्कीले बताइन् । क्लबले हिंसामा परेका महिला एवं बालिकाको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थासँग सहकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्