ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

२०७८ मंसिर, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौ। एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सोमवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा वृद्धि भएको छ । असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८ करोड ७१ लाख ३८ हजार लगानी गरेको उक्त फण्डले कात्तिक मसान्तसम्ममा वृद्धि गरेर रू.९ करोड ५१ लाख ८८ लगानी गरेको छ ।

कात्तिक महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा गरेको लगानीमा वृद्धि भएको हो । त्यसैगरी फण्डको एनएभीमा पनि असोज महिनाको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ ।

फण्डको एनएभी असोज मसान्तमा रू. १० दशमलव ६६ रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १० दशमलव ८३ पुगेको छ ।  त्यसैगरी फण्डको नाफा पनि बढेको छ । असोज मसान्तसम्ममा रू. २ करोड ९९ लाख ७८ हजार नाफा कमाएको उक्त फण्डले कात्तिक मसान्तसम्ममा वृद्धि गरेर रू. ३ करोड ७९ लाख ४९ हजार नाफा कमाएको छ ।

कात्तिक महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । असोज मसान्तसम्ममा फण्डले रू. ३ करोड २६ लाख ८० हजार आम्दानी गरेकोमा कात्तिक मसान्तमा वृद्धि गरेर रू. ४ करोड १६ लाख ९२ हजार आमदानी गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement