ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अख्तियारले दायर गर्‍यो प्रधानाध्यापकसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७८ मंसिर, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकास्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठीसहित दुई जनाविरुद्ध सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आव २०७४/ ०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको बारे अनसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापालरकार्यालय सहायक असर्फि यादवले ७ लाख ८२ हजार ६५१ दशमलव ६० पैसा हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध विगो मागदावी सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायसमेत माग गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement