ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी घट्यो

२०७८ मंसिर, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । लक्ष्मी इक्विटी फण्डले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण  सोमवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ९७ करोड १९ लाख लगानी गरेकोमा कात्तिक मसान्तसम्ममा रू. ९३ करोड ७९ लाख ६४ हजारमा झरेको हो । 

फण्डले कात्तिक महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो । त्यसैगरी फण्डको एनएभी भने असोज महीनाको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ । फण्डको एनएभी असोज महीनामा रू. १२ दशमलव २७ रहेकोमा कात्तिक महीनामा बढेर रू. १२ दशमलव ४६ पुगेको हो । एनएभीसँगै फण्डको नाफा पनि वृद्धि भएको छ ।

 फण्डले असोज मसान्तसम्ममा रू. २३ करोड २३ लाख ४८ हजार नाफा कमाएकोमा कात्तिक मसान्तसम्ममा वृद्धि भएर रू. २५ करोड ५८ लाख पुगेको हो । कात्तिक महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।

फण्डले असोज मसान्तसम्ममा रू. २३ करोड ९८ लाख ७८ हजार आम्दानी भएकोमा कात्तिक महीनामा बढेररू.२६ करोड ५५ लाख ४५ हजार पुगेको छ । उक्त फण्ड लक्ष्मी म्युुचुअल फण्ड अन्तर्गत सञ्चानमा रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement