मंसिर १३, काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गतेदेखि २५ गतेसम्म बन्द गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २५ गते साधारण सभा गर्ने जानकारी गराएको छ । कम्पनीले सभा बिहान ९ बजे होटल जलमहल घारीपाटन पोखरा कास्कीमा गर्ने बताएको छ ।