ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

१० भन्दा बढी मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट  

२०७८ मंसिर, १३  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १३, जेनेभा। कोरोना भाइरसको नयाँ भेरियन्ट अहिलेसम्म १० भन्दा बढी मुलुकमा फैलिएको छ ।

पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० ओटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ छ ।

विभिन्न सञ्चार माध्यमहरुका अनुसार हालसम्म १० ओटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परेका छन् । अष्ट्रेलिया,  इटाली, जर्मनी, नेदरल्याण्ड, बोत्स्वाना, हङकङ, इजरायल, बेल्जियम, चेक गणतन्त्र लगायत केहि मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका हुन् ।

उता जापानले भने फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी गरेको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमवार बताएका छन् । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले  जापानले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागेको बताएको छ ।

 भारतमा भने ओमिक्रोनबाट कोही पनि संक्रमित भएका छैनन् । कर्नाटक राज्यमा दुई जना दक्षिण अफ्रिकी नागरिकमा कोरोना पोजेटिभ देखिएको थियो । तर दुवै जना ओमिक्रोनबाट नभई डेल्टा भेरियन्टबाट संक्रमित भएको पाइएको थियो ।एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement