ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थपिए २५९ जना कोरोना संक्रमित, २६४ जना संक्रमणमुक्त

२०७८ मंसिर, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार उक्त अवधिसम्ममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । त्यसैगरी सो अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन् ।

सोमवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ९ लाख १६ हजार ६०९ पुगेको छ । नेपालमा हालसम्म ८ लाख २ हजार ६५३ जना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल मुलुकमा ६ हजार ५४१ जना होम आईसोलेशनमा रहेका छन् भने ४०३ जना संस्थागत आईसोलेशनमा रहेका छन् । हाल विभिन्न अस्पतालमा १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement