ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा दियो निवेदन

२०७८ मंसिर, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोडमा निवेदन दिएको छ ।

कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा गत कात्तिक २९ गते निवेदन दिएको हो । 

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

कम्पनीले कास्कीको मादि गाँउपालिकामा १३ मेगावाट क्षमताको विद्युत सञ्चालनमा ल्याई विद्युत् उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement