ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वाणिज्य बैंकहरुमा लगातार निक्षेप घट्दो :  निक्षेप ७ अर्बले घट्दा कर्जा १४ अर्ब रुपैयाँले बढ्यो         

२०७८ मंसिर, १३  
समाचार
Image Not Found

मंसिर १३, काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कुल ७ अर्ब रुपैयाँले घटेको छ ।     
     
 संघका अनुसार यही मंसिर३ गते  ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्ब रुपैयामा सीमित भएको छ । यस्तै मंसिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मंसिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै १४ अर्ब रुपैया बराबरको कर्जा लगानी भएको देखिन्छ ।     
     
 गत साउन पहिलो साता ४१ खर्ब ५८ अर्ब रुपैयाँ बराबर रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा  ४१ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रुपैयाँ रहेको कर्जा मंसिर १० गतेसम्म आइपुग्दा  ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।     
     
 गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ रुपैयाँ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement