ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

५.२८ अंक बढेर २६३३.६६ विन्दुमा नेप्से, नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री 

२०७८ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव २८ अंकले बढेको छ । 

नेप्से परिसूचक २ हजार ६३३ दशमलव ६६ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२३ ओटा धितोपत्रको ५३ लाख १० हजार २१५ कित्ता शेयर ३७ हजार ५८५ पटकमा रू. २ अर्ब ७४ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा योदिन ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

सामलिङ्ग पावरको शेयरमूल्य प्रतिकित्ता रू. ४६१ दशमलव ४० र न्यादी हाइड्रोपावरको रू. ३७५ दशमलव ६० पुगेको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी शेयरमूल्यमा घट्नेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ६२ प्रतिशत घटेर रू. ८४० मा झरेको हो ।

त्यसैगरी दोस्रोमा युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव ४० प्रतिशत घटेर रू. ६७६ दशमलव २० मा झरेको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १४ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

 दोस्रोमा हिमालयन डिष्टीलरीको रू.१० करोड ५१ लाख ३३ हजार बराबरको खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये चार ओटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो । 

होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव १९ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव १२ प्रतिशत र जीबन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ । 

त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४३ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव १६ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २३ प्रतिशत,वित्त समूहको शून्य दशमलव २८ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८९ प्रतिशत,अन्य समूहको शून्य दशमलव ९५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले वृद्धि भएको हो । लगातार केही दिनदेखि घटेको बजार बुधवार विस्तारै सम्हालिने प्रयासमा रहेको छ । 

यो दिन परिसूचक बढेपनि कारोबारमा रकम भने बढ्न सकेको छैन । बजारमा पेनिक सेल बिस्तारै कम हुँदै गएको छ । सोही कारण पनि कारोबार रकम घटेको देखिन्छ ।  बजार घटिरहँदा लगानीकर्ता जति मोल पायो त्यतिमा विक्री गर्ने गर्दछन् । बुधवारको बजारमा भने त्यस्तो देखिएन, क्रेताहरु सकेसम्म सस्तो मूल्यमा किन्न चाहिरहेका थिए भने विक्री मूल्य बढाएर बेच्न खोजिरहेका थिए । यसले गर्दा पनि खरीदविक्री रकम कम भएको हो ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement