ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लक्ष्मी बैंकको डिजिटल डिसेम्बर

२०७८ मंसिर, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले  ग्राहकलाई डिजिटल बैंकिङ प्रयोगमा  प्रोत्साहन गर्न डिजिटल डिसेम्बर कार्यक्रम ल्याएको छ । बैंकले ल्याएको यो तेस्रो संस्करण हो ।

योजनाअनुसार विभिन्न पुरस्कार र छुट दिएर ग्राहकलाई डिजिटल बैंकिङमा प्रोत्साहन गरिने बैंकले जनाएको छ । एक महिने अभियानमा डिजिटल बैंकिङ सेवामा दर्ता र सक्रिय गराउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले क्यूआर कोडमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा पुरस्कार दिनेछ । बैंकले डिसेम्बरभरि हरेक साता तीन जना व्यवसायीले ५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्ने बताएको छ ।

बैंकका अनुसार प्रत्येक दिन पाँच जनाले ५ सय रुपैयाँसम्मको क्यास ब्याक पाउनेछन् ।

योजनाभरि मोबाइल मनीमार्फत १ हजार रुपैयाँभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये ५ सयले डिसेम्बर अन्त्यमा ५ हजार रुपैयाँ क्यास ब्याक पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्