ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सरकारी संयन्त्रहरू स्टार्टअपलाई सघाउन तयार छन्

२०७८ मंसिर, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

महाप्रसाद अधिकारी
गभर्नर, नेपाल राष्ट्र बैंक

स्टार्टअप नयाँ जोश जाँगरका साथ शुरू गरिन्छ । तर त्यसको प्रतिफल अलि अनिश्चित हुने गर्छ । ठूला घराना, समूहले पनि अहिले नेपालमा स्टार्टअपहरूलाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिने गरेका छन् । जस्तै, शेयर राइडिङ शुरू भयो,  ट्याक्सीहरूले हड्ताल थाले । यसले नयाँ स्टार्टअपहरूलाई केही निराश पनि बनायो । तर पछिल्लो समय स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने काम पनि भइरहेको छ ।

कर कार्यालय, उद्योग विभागदेखि कम्पनी रजिष्ट्रारको कार्यालयहरूको काम कारबाही सुधार हुँदै गएका छन् । स्टार्टअपहरूलाई सघाउनेगरी नै उनीहरूले काम गरेका छन । स्टार्टअपहरूले शुरू गर्न थालेका उद्यमलाई राज्यका नीति नियमले असर पारेको छ भने समाधान गर्न राज्यका सबै संयन्त्र तयार छन् । हाम्रो काम नव उद्यमीलाई प्रोत्साहन, प्रवद्र्धन गर्ने हो । उद्यम स्टर्टअपहरूले नै गर्ने हो, सरकारले होइन ।

कोभिडको बीचमा पनि साहसका साथ उद्यम क्षेत्रमा केही गर्छु भनी आउनेहरूको म सराहना गर्दछु । एउटामा असफल भए पनि अर्कोमा सफल हुन सकिन्छ । यस्तोमा हिम्मत नहार्नुहोला । अहिले कतिपय सरकारी कार्यालयमा जाँदा निराशा हुन सक्छ । त्यसबाट नव उद्यमीहरू पछि नहट्नुहोला । किनकि विकसित मुलुकको जस्तो प्रणाली अझै पनि हाम्रोमा छैन । हामी प्रयास गरिरहेका छौं । कतिपय कुराहरू परिवर्तन भएको पनि पाउनुहुन्छ । जस्तै– एफडीआईकै स्वीकृतिमा हामीले ‘अटोमेटेड’ प्रणाली बनायौं । यसको स्वीकृतिका लागि राष्ट्र बैंकमा आउनु पर्दैन । यो नीतिगत व्यवस्था ल्याउने बेला धेरैसँग परामर्श पनि गरिएको थियो । अहिले डलर नपाइने कुरा पनि उठिरहेको छ । तर यसमा खासै सीमा हेरफेर गरिएको छैन । एक्सेस टु फाइनान्सको सम्बन्धमा आधार दरमा २ प्रतिशतभन्दा बढी नलिनु नै भनेर निर्देशन नै जारी गरेका छौं । साना मझौला, नवस्टार्टअपहरूका लागि सहज होस्, सहजै पहुँच पुगोस् भनेरै यसो गरिएको हो । जसले बार्गेनिङ गर्न सक्दैन, त्यसैका लागि यो व्यवस्था गरिएको हो । यसले स्टार्टअपहरूलाई सघाउ पुग्नेछ । सही प्रपोजल हुँदा पनि कर्जा पाइएन भने हामीकहाँ जानकारी गराउनु होला । त्यस्ता गुनासोहरूलाई समाधान गर्न लाग्नेछौं ।

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement