मंसिर १६, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । बुधवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ ।
यस्तै, बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी बिहीवार रू. १० ले घटेर रू. १ हजार १९० मा किनबेच भइरहेको छ ।