ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महिला लघुवित्तको सर्वाधिक रू. ३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको एक घण्टाको अवधिमा महिला लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २०५ ओटा धितोपत्र मध्येउक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. ३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता रू. ३ हजार ९५० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।

यो दिन नेप्सेमा कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको ४७ दशमलव ५ प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि नेप्सेले प्रतिकित्ता मूल्य रू. ३ हजार ६५८ दशमलव ९८ तोकेको छ ।

 कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार ३९७ को अधारमा शेयरमूल्य संमायोजन भएको हो ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement