ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

 एनएमबि फिप्टी, नबिल इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,नबिल ब्यालेन्स फण्ड - २ र ग्लोबल आइएमई समुन्त स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच  ओटा धितोपत्र मध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको धितोपत्रमा ३ लाख ९० हजार ६२० इकाई खरीद माग रहेको हो । 

त्यसैगरी नबिल इक्विटी फण्डको ३ लाख ५५ हजार ४७ इकाई, सिद्धार्थ इक्विटी फण्डको २ लाख ७५ हजार २७५ इकाई, नबिल ब्यालेन्स फण्ड-  २ को २ लाख २५ हजार १७५ इकाई र ग्लोबल आइएमई समुन्नत स्किम- १ को १ लाख ६१ हजार ९८३ इकाई खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement