ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका निर्माणकर्मीहरुको जोखिम बीमा

२०७८ मंसिर, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० ओटा स्थानमा निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममार्फत कम्पनीले ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा  गरेको छ । सो अन्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्शका साथै सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको थियो ।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १०ओटा  स्थानमा ५०० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म कमपनीले विभिन्न चरणमा गरी १ हजार ५०० भन्दा बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।

उक्त अन्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी जानकारी गराइएको थियो । कम्पनीले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको बताएको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा भदौ तथा असोज महीनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायतका विभिन्न १६ओटा स्थानमा १ हजारभन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरिसकेको छ ।

कम्पनीले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेको भन्दै उक्त जोखिमलाई ध्यानमा राख्दै निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको बताएको छ ।

कम्पनीले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको बताएको छ । आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरुसँगको समन्वयमा अन्तक्रिया तथा नि ः शुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्