ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

४९.०४ अंकले घट्यो बजार, सबैभन्दा बढी विकास बैंकका शेयरधनीले गुमाए

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ८६ प्रतिशत अर्थात् ४९ दशमलव शून्य ४ अंकले घटेको छ । 
नेप्से परिसूचक २ हजार ५८४ दशमलव ६१ विन्दुमा झरेको छ । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर ४७ हजार ८६४ पटकमा रू. ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ खरीदविक्री भएको छ । 

कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

सामलिङ्ग पावरको शेयरमूल्य प्रतिकित्ता रू. ५०७ दशमलव ५० र न्यादी हाइड्रोपावरको रू. ४१३ दशमलव १० पुगेको छ ।

 त्यसैगरी सबैभन्दा बढी कर्पोेरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ६ दशमलव ८० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९१३ दशमलव ४० मा झरेको छ । 

यसैगरी दोस्रोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ६ दशमलव ७५ प्रतिशतले घटेर रू. ५२५ मा झरेको छ । बिहीवार सर्वाधिक शेयर खरीदविक्री महालक्ष्मी विकास बैंकको भएको छ । कम्पनीको रू. १२ करोड ४३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा हिमालयन डिष्टीलरी लिमिटेडको रू. ११ करोड ७९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ दशमलव ८२ प्रतिशतले घटेको छ । 

यो दिन अधिकांश विकास बैंकहरुको शेयरमूल्य घटेसँगै उक्त समूहको परिसूचक घटेको हो । त्यसैगरी बैकिङ समूहको परिसूचक १ दशमलव शून्य १ प्रतिशत, व्यापार समूहको १ दशमलव २९ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ९७ प्रतिशत,हाइड्रोपावर समूहको परिसूचक २ दशमलव २ प्रतिशत, वित्त समूहको ३ दशमलव ७६ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ९ प्रतिशतले घटेको छ । 

त्यस्तै उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ४९ प्रतिशत,अन्य समूहको परिसूचक ३ दशमलव ६४ प्रतिशत,लघुवित्त समूहको परिसूचक १ दशमलव ६६ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ६५ प्रतिशत, म्युुचुअल फण्ड समूहको १ दशमलव २८ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत घटेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement