ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा १ करोडभन्दा बढी राजस्व संकलन

२०७८ मंसिर, १६  
बागमती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसीर १६, चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्ष ०७८/०७९ को चार महीनामा १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।  

कार्यालयले दिएको तथ्यांक अनुसार चालू आवको कार्तिक महीनासम्म १ करोड ६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यसमध्ये सबैभन्दा बढी कात्तिक महीनामा ३० लाख १६ हजार ५०० रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम भदौ महीनामा २३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

यसैगरी साउन महीनामा २५ लाख ७३ हजार रुपैयाँ र असोज महीनामा २७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले कात्तिक महीनामा चाडपर्व परेसँगै सवारी आगमनको चाप पनि बढ्ने र लापरवाही र ट्राफिक उल्लंघनका घटना बढी हुने भएकोले राजस्व संकलन पनि सोही अनुपातमा भएको जानकारी दिए । 

‘कात्तिकमा चाडपर्व र राजनीतिक गतिविधि पनि बढ्यो उनले भने, वर्षाका कारण साउन महीनामा तुलनात्मक रुपमा अन्य महीनामा भन्दा ट्रक ट्रिपर । मालबहाक सवारी कम चले ।’

सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल 
चालू आवको चार महीनाको अवधिमा सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल परेको छ भने सबैभन्दा कम ट्रयाक्टर कारवाहीमा परेको छ । 

सो अवधिमा कार्यालयले ३ हजार ३०३ मोटरसाइकलबाट २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने ५८३ ओटा ट्रयाक्टर कारवाहीबाट ५ लाख ३६ हजार ५०० रुपैयाँ संकलन गरेको थियो । 

यसैगरी चार महीनाको अवधिमा २ हजार ७३० ओटा कार÷जीप कारवाहीबाट २५ लाख ८९ हजार रुपैंया, १ हजार ५४६ ओटा बस माईक्रो कारवाहीबाट १४ लाख २२ हजार ५००, दुईहजार २१३ ओटा ट्रक टिप्पर कारवाहीबाट २३ लाख १३ हजार रुपैयाँ र एक हजार ३८१ टेम्पो तथा अन्य सवारीसाधनबाट १० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालय प्रमुख थापाले मोटरसाइकलको संख्या र ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलको हुनाले मोटरसाइकल बढी कारवाहीमा परेको बताए । ‘दुईपांँग्रेको संख्या पनि बढी छ, उल्लंघन पनि यसकै बढी हुन्छ । र हाम्रो यस्ता सवारीमा बढी फोकस पनि हुन्छ, उनले भने, संख्या पनि कम र ट्याक्टर विशेषगरी गाउँक्षेत्रमा बढी चल्ने भएकोले पनि कारवाही संख्या कम हुन्छ ।’ 

चितवनमा र चितवन भएर दैनिक साना ठूला गरी २५ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement