ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बोनस शेयरको मूल्य समायोजनपछि महिला लघुवित्तको शेयरमूल्य ८.५० % ले वृद्धि

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । 
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ९७० पुगेको छ । बोनस शेयरको मूल्य समायोजनपछि कम्पनीको शेयरमूल्य तल आएकाले खरीदकर्ता धेरै हुँदा शेयर मूल्यमा वृद्धि भएको हो ।  कम्पनीको ४७ दशमलव ५ प्रतिशत बोनस शेयरको संमायोजनपछि नेप्सेले रू. ३ हजार ६५८ दशमलव ९८ तोकेको छ । 

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार ३९७ को अधारमा शेयरमूल्य समायोजन भएको हो ।  यो दिन कम्पनीको १९ हजार ४७५ कित्ता शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement