ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कर्पोरेट डेभलपमेण्ट बैंकसहित ५ ओटा कम्पनीको शेयरमूल्यमा  उच्च गिरावट

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक ४९ दशमलव शून्य ४ अंकले घटेको छ । 

बजार घटेसँगै कारोवारमा आएका २३१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । कर्पोरेट डेभलपमेण्ट बैंक, मैलुङखोला जलविद्युत् कम्पनी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,युनाइटेड इदी मार्दी हाइड्रोपावर र गुडवील फाइनान्सको शेयर मूल्यमा उच्च गिरावट आएको हो । 

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ६ दशमलव ८० प्रतिशतले घटेको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१३ दशमलव ४० मा झरेको हो । त्यसैगरी मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ७५ प्रतिशत, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ५ दशमलव ५७ प्रतिशत, युनाइटेड इदी मार्दीको ५ दशमलव ४१ प्रतिशत र गुडवील फाइनान्सको शेयरमूल्य ५ दशमलव ३९ प्रतिशतले घटेको छ । 

बजार घट्न थालेसँगै ती कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता हाबी हुँदा शेयरमूल्य घटेको हो ।  यो दिन मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२५, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ४९२, युनाइटेड इदी मार्दीको रू.५६० र गुडवील फाइनान्सको शेयरमूल्य रू. ७२०  कायम भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement