ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थपिए ३१५ जना कोरोना संक्रमित, २०१ जना संक्रमणमुक्त

२०७८ मंसिर, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसका ३१५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ११ हजार ४०३ जनाको परीक्षण हुँदा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।  सोही अवधिमा २०१ जना कोरोना संक्रमणबाट मुक्त बनेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेको छ ।


मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको उक्त मन्त्रालयले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement