ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पर्वतको खुर्कोटमा स्वास्थ्यचौकी निर्माण सम्पन्न

२०७८ मंसिर, १६  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा प्रवासी नेपाली र कुश्मा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । 

गैह्र आवासीय नेपाली संघ स्विडेनको १६ लाख, कुश्मा नगरपालिका २ खुर्कोटको ६ लाख र एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको २५ हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । 

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्विडेनका अध्यक्ष राजकुमार पाठक र गैह्र आवासीय नेपाली संघका आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका छन् । उद्घाटन पश्चात स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरिएको हो । 

एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष पहलमा उक्त भवन निर्माणका लागि प्रवासी लगानी भित्रिएको स्वास्थ्यचौकीका ईन्चार्ज टेकनाथ सुबेदीले जानकारी दिए । 

असारदेखि शुरु गरेको भवन ६ महीनामै सम्पन्न भएको हो । ४ कोठाको चौकीको भवन निर्माण पश्चात स्वास्थ्य सुविधा समेत विस्तार गर्ने समितिले योजना बनाएको छ ।

स्थानीय हरिदत्त जैसी र कोपिला जैसी मार्फत निशुल्क रुपमा उपलब्ध गराएको जग्गा र ढाँड सामुदायिक बनको जग्गा समेत प्रयोग गरि उक्त भवन निर्माण गरिएको हो ।                 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement