ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बैतडीमा टिमुर रोपनका लागि डाबर, ईसीमोड र तालकोल्ला बीच सम्झौता  

२०७८ मंसिर, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । डाबर नेपाल प्रालि, ईसीमोड र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह बीच टिमुरको बिरुवा रोपन कार्यका लागि बिहीवार सम्झौतामा हस्ताक्षर भएको छ ।

 नेपाल तथा म्यानमारका लागि डाबरका बिजनेश प्रमुख हरकीरत सिंह बेदी, ईसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सोले सम्झौतमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ईसीमोडका रणनीतिक सहयोग निर्देशक बसन्त राज श्रेष्ठ, डावर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राना पनि उपस्थित रहेका थिए । 

बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ । 

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल प्रालि र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्नेछ । 

सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने बताइएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement